विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति चुनावमा सहमतिको सम्भावना न्यून भएको बताएका छन् ।
‘राष्ट्रपतिको चुनावमा सहमति गरेर जाने सम्भावना म त ज्यादै कम देख्छु’ विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘नेपाली कांग्रेसले उम्मेदवार यो भनेको त छैन, बाहिर चर्चा दुई जना साथीहरुको आएको छ, यसमा हामी अरु दलसँग पनि छलफल गर्छाैं ।’ कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम चर्चामा आएको छ ।
उनले आफूहरुले डा. बाबुराम भट्टराईलाई स्वीकार गर्ने सम्भावना नरहेको बताउँदै नेपाली कांग्रेसको उम्मेदवारलाई सर्वस्वीकार्य बनाउन प्रयास गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला