एजेन्सी । बंगलादेशमा आगामी फेब्रुअरीमा राष्ट्रपति निर्वाचन हुने भएको छ । निर्वाचन आयोगका सचिव मोहम्मद जहाँगिर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिए ।
वर्तमान राष्ट्रपति अब्दुल हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदै छ । हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने भएकाले नयाँ निर्वाचन हुन लागेको सचिव आलमले बताए ।
देशको संविधानले एक व्यक्तिलाई बढीमा दुई कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० माघ २०७९, १० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र