पोखरा विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, २० : ५०
पोखरा विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो

काठमाडौं । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । “आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा) बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ”, यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन् । हराइरहेका दुई जनाको शव भने खोजी कार्य भइरहेको बताइएको छ । यस्तै, घटनास्थलबाट सङ्कलन गरी फरेन्सिक विभागमा ल्याइएका मानव अङ्गको डिएनए परीक्षण कार्य भइरहेको एयरलाइन्सले जनाएको छ ।

विमान दुर्घटनाको कठिन परिस्थितिमा मृतकको परिवार तथा आफन्तलाई प्रक्रिया पूरा नहुञ्जेलसम्म धैर्यधारण गरी सहयोग गरिदिन एयरलाइन्सले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस