केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी पोखरेललाई

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, १४ : ३८
केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी पोखरेललाई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेल नियुक्त भएका छन । सोमबार प्रहरी प्रधान कार्यालयले डीआइजी पोखरेललाई केन्द्रीय प्रवक्तामा नियुक्त गरेको हो ।

यसअघि डीआइजी टेकप्रसाद राई केन्द्रीय प्रवक्ता थिए। राईको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएपछि पोखरेल नयाँ प्रवक्ता बनेर आएका हुन । 

प्रतिक्रिया दिनुहोस