५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी

पत्रपत्रिकाबाट

सोमबार, ०९ माघ २०७९, ०८ : १३
५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले महिलाले गर्भावस्थामा प्रयोग गर्ने आइरन चक्की खरिद गर्दा राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको छ ।

बजारमा ४० देखि ५० पैसा मूल्य पर्ने आइरन चक्की ९० पैसामा खरिद सम्झौता हुन लागेपछि राज्यलाई ११ करोड रुपैयाँ बढी आर्थिक भार पर्ने भएको हो । 

सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ दिएको र सो रकममा सरकारले प्रतिगोटा ९० पैसाका दरले २१ करोड ५० लाख चक्की औषधि खरिद गर्न लागेको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले सो औषधि खरिद गर्न नोबाजियन भन्ने कम्पनीसँग सम्झौताको अन्तिम तयारी गरेको छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस