चितवनमा थप एक गैडा मृत फेला

सफल खबर संवाददाता

आइतबार, ०८ माघ २०७९, १९ : ५२
चितवनमा थप एक गैडा मृत फेला

चितवन  । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार क्षेत्रमा एक गैंडाको बच्चा मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मेघौली क्षेत्रको नारायणी नदीको किनारमा एक महिनाको गैंडाको बच्चा शनिबार मृत फेला परेको हो ।

गैंडाको बच्चा प्राकृतिक कारणले मरेको उनले बताए । बच्चा गैंडा के कारणले मरेको हो भनेर पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने तिवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस