गृहको पत्रपछि लामिछानेमाथिको आलोचना चुलियो

पत्रपत्रिकाबाट

आइतबार, ०८ माघ २०७९, ०८ : २८
गृहको पत्रपछि लामिछानेमाथिको आलोचना चुलियो

काठमाडौँ । शुक्रबार साँझ गृहमन्त्रालयबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीले लक्ष्मी महतो कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ । 

गृह मन्त्रालयले यस्तो व्यहोराको विज्ञप्ति सार्वजनिक गरेपछि  लामिछानमाथिको चुलिएको छ। आलोचकहरूले उनको दक्षता र कार्यक्षमतामाथि नै प्रश्नचिह्न उठाइरहेका छन् । गृह मन्त्रालय मातहतको सुरक्षा निकायले गृहमन्त्रीको पटकपटकको मौखिक निर्देशन कार्यान्वयन नगरेको भन्ने व्यहोराको विज्ञप्ति आउनै नहुने पूर्वगृहसचिव गोविन्द कुसुमको धारणा छ ।

'ल एन्ड अर्डरको मान्यताअनुसार गृह मन्त्रालय वा गृहमन्त्रीको लिखित र मौखिक वा जस्तोसुकै माध्यमबाट भएको निर्देशन प्रहरीले मान्नुपर्छ । मानिएन भने कारबाही गर्ने अधिकार गृहमन्त्रीलाई हुन्छ,' पूर्वगृहसचिव कुसुमले भने, 'यस्तो विकल्प हुँदाहुँदै गृहमन्त्रीले दिएको निर्देशन प्रहरीले मानेन भन्नु अपरिपक्वता नै ठहरिन्छ ।'

गृह मन्त्रालयले सुरक्षा, अपराध निवारण र फरार अभियुक्त पक्राउ सन्दर्भमा प्रहरीलाई निर्देशन दिँदा सार्वजनिक विज्ञप्तिमार्फत गर्न नहुने पनि उनी बताउँछन् ।  नागरिक दैनिकमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस