काठमाडौं । नेपाली कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले सभामुखमा सत्ता पक्षको उम्मेदवार निर्वाचित भएपछि उपसभामुखमा प्रतिपक्षबाट निर्वाचित हुँदा राम्रो हुने बताएका छन।
शनिबार प्रतिनिधिसभामा बोल्दै सांसद पाण्डेले संविधानको आशयअनुसार पनि उपसभामुख प्रतिपक्षले पाउँदा राम्रो हुने बताएका हुन् । मुक्ताकुमारी यादव एक अनुभवी व्यक्ति भएकाले पनि संसद्को गरिमा बढाउन उहाँलाई जिताउन आवश्यक रहेको पाण्डेले बताए।
त्यस्तै पाण्डेले सभामुख देवराज घिमिरेलाई बधाई दिँदै सभालाई निष्पक्ष ढंगले सञ्चालन गर्ने अपेक्षा लिएको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन विमानस्थल साँघुरो हुँदा यात्रु छिटो आइपुग्छन्, लगेज आउन ढिलो हुन्छ: मन्त्री पाण्डे
सगरमाथा विश्वको गौरव: मन्त्री पाण्डे