काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछालेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् । सरकारमा गएसँगै लामिछानेको विगतको अभिव्यक्तिबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला उनले यस्तो बताएका हुन् ।
‘हिजो बोलेका हरेक शब्द शब्दको हेक्का छ’, उनले सामाजिक सञ्जालमार्फत शनिबार भनेका छन्, ‘भोट माग्दा गरेका बाचाहरुको हक्का छ । उनले मिडियाको हेडलाइन बदल्न नसक्ने भएपनि जनताको लाइफलाइन बदल्न मेहनत गरिरहेको बताएका छन् । यद्यपि धुलो धेरै भएकाले थोरै समय पर्खिनुपर्ने उनको भनाइ छ । लामिछानेले भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन । तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु । धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहिँ पर्छ ।’
उनले फरार अभियुक्तहरु समातिनेमात्रै नभएर धेरै नयाँहरु फरार हुन नपाऊन् भन्नेमा पनि हेक्का रहेको बताएका छन् । शुक्रबारमात्रै एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यस प्रकरणमा पनि उनलाई जोडेर विभिन्न टिकाटिप्पणी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ माघ २०७९, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल
गृहमन्त्रीद्वारा प्रहरी वृत्त बौद्ध र प्रभाग साँखुको अवलोकन
देशको सुरक्षा अवस्थालाई सामान्य बनाउन सरकार सफल : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई जेन-जीले भने- भदौ २३ र २४ गतेका घटनाका दोषीलाई कारबाही गर्नुस्
गृहमन्त्रीले बोलाए सुरक्षा समिति बैठक
मिथ्या सूचना नियमन गर्न गृहमन्त्रीको चासो