इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

सफल खबर संवाददाता

शुक्रबार, ०६ माघ २०७९, ११ : ३२
इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

शुक्रबार बिहान बसेकाे रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेकाे रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । झापाकी मगर समानुपातिक सांसद हुन् ।

यसअघि उपसभामुखमा सोविता गौतमको चर्चा थियो । तर गौतम प्रस्ताव रहेर उक्त निर्णय भएको महामन्त्री ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस