जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’: इन्दिरा राना

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०८२, ११ : १६
जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’: इन्दिरा राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याएकी छिन् । 

संघीय संसद् सेवा दिवस २०८२ का अवसरमा आज सबैमा शुभकामना व्यक्त गर्दै उनले बदलिँदो युगमा संसद् सेवाको प्रभावकारिता अझ सबल, छरितो र परिणाममुखी बन्न अपरिहार्य रहेको बताइन्।

उपसभामुख रानाले भनेकी छिन्, “सांसदहरूले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्न सकुन् भन्ने उद्देश्यले संसद् सेवाले कार्यसूची निर्माणदेखि कानुन निर्माण प्रक्रियासम्म, बहस तथा निर्णयहरूको दर्ता-अभिलेख व्यवस्थापन, तथ्यांक उपलब्धता र सूचना प्रवाहसम्मका सबै काम गर्दै आएको छ, आजको सन्दर्भमा यसको थप प्रभावकारिताको आवश्यकता छ ।”

प्रतिक्रिया दिनुहोस