काठमाडौँ । प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएपछि एमाले स्थायी कमिटी सदस्य समेत रहेका देवराज घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग भएका छन् ।
उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टी जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
‘प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नका लागि नेकपा एमालेका पार्टी सदस्यता र पार्टी सम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठानिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु’, घिमिरेले विज्ञप्तिमा भनेका छन् । यसअघि बिहीबार उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका सभामुख यादवद्वारा पदभार ग्रहण
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेसमा सभामुखका लागि दुई जनाको उम्मेदवारी
रामआशिष यादवलाई मधेशको सभामुख बनाउने सहमति
सरकारले संसद् सचिवालयमाथि आर्थिक बन्देज लगाउने प्रयास गरिरहेको छ: सभामुख
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ: सभामुख घिमिरे