काठमाडौँ । सुन्धारास्थित सिभिल मलमा पुगेर एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन् । आज (बिहीबार) बिहान सवा ११ देखि १२ बजेको बीचमा ती युवाले सिभिल मलको भुइँ तलामा आफैमाथि पेट्रोल र्छकेर आगो लगाएका हुन् । ती युवक काठमाडौँ महानगरपालिका वडा नं. १६ बस्ने २९ वर्षीय विसङ गुरुङ रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
उनको बेलैमा उद्धार भएकाले ज्यान भने जोगिएको छ । आगो लगाएको देख्नेबित्तिकै सिभिल मलका सुरक्षा गार्ड र अन्य स्थानीयले निभाएका थिए । घटनास्थल पुगेर प्रहरीले गुरुङलाई उद्धार गरी सुरुमा ट्रमा सेन्टरमा लगेको र पछि कीर्तिपुरस्थित मोडेल अस्पतालमा रिफर गरिएको जनाइएको छ ।
ती युवकले किन आफैमाथि आगो लगाए भन्ने कारण खुलिसकेको छैन । आगोले पोलेर उनको अनुहार र शरीरका विभिन्न भाग जलेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो
बालाजुमा एक महिलाले लगाइन् आफ्नै शरीरमा पट्रोल छर्केर आगो
धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो