काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीले माछा मार्न ढोक्सा नथापेको प्रस्टीकरण दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुखमा ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राख्ने क्रममा उनले ओलीलाई त्यस्तो जवाफ दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बेला कांग्रेसले माछा मार्न ढोक्सा थापेको र त्यो ढोक्सा रित्तै हुने बताएका थिए । त्यसको जवाफ दिँदै शर्माले कांग्रेस संसदको सबैभन्दा ठूलो दलको नाताको हैसियतले सभामुखमा उम्मेदवारी दिनु कुनै ठूलो नभएको भन्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैमा माछा मार्न ढोक्सा थापेको भन्न नमिल्ने बताए ।
उनले ओली आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बन्न नदिने, अहिले प्रचण्ड प्रधानमन्त्री बन्दा आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर पिँजडालाई कसिलो बनाएको भन्दै त्यसो नगर्न आग्रह गरे ।
शर्माले राष्ट्रपतिमा कांग्रेसले आँखा लगाए पनि त्यसमा नतर्सन सबैलाई आग्रह पनि गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैन: विश्वप्रकाश शर्मा
‘कुलिङ पिरियड’मा भएको फेरबदल गम्भीर त्रुटि हो, हामी सबै त्यसका अंशियार छौँ: विश्वप्रकाश
गृहमन्त्रीमाथि उजुरी परेको छैन, अनुसन्धान उहाँसम्म पुगे पद छाड्नुहुन्छ : विश्वप्रकाश शर्मा
शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण नबनाऔँ: विश्वप्रकाश शर्मा
प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरे : विश्वप्रकाश शर्मा
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा