नारायणगढ–मुग्लिन सडक आजदेखि थप एक महिना बन्द

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, ०८ : ५८
नारायणगढ–मुग्लिन सडक आजदेखि थप एक महिना बन्द

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।

दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको छ ।

गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम भएको थियो। बिहीबारदेखि भने दिउँसो १२ बजे देखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए।

प्रतिक्रिया दिनुहोस