कर्णाली । कर्णाली प्रदेशका नवनिर्वाचित उपसभामुख यशोदा न्यौपाने (पूर्णिमा)ले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १० बमोजिम नवनिर्वाचित उपसभामुख न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकले उपसभामुख न्यौपानेलाई बहुमतले निर्वाचित गरेको थियो । सत्तारूढ दलका साझा उम्मेदवारका रूपमा उपसभामुखमा निर्वाचित न्यौपाने नेकपा (माओवादी केन्द्र) कालीकोटबाट समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सरकारद्वारा दश वर्षे कृषि रणनीति तयार पारिँदै
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’