काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरूको बैठकले झापा २ बाट निर्वाचित सांसद घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ ।
आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।सत्ता गठबन्धन दलहरूबीच एमालेले सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)