काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएकाे छ। बुधबार बिहान ९ बजे बाेलाइएकाे बैठक केही ढिलागरी सुरु भएकाे हाे।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसिरहेकाे छ। बैठकमा सभामुखको निर्वाचनमा उम्मेदवारी दिने कि नदिने बारेमा निर्णय गरिने एक नेताले जानकारी दिए। साथै अन्य राजनीतिक विषयमा पनि छलफल हुने बताइएकाे छ ।
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। जसअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ। मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ।
मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम छ। सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधिसभा बैठकमा हुनेछ। प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।
संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ। उक्त समय घर्निन लागेपछि प्रतिनिधिसभामा सभामुख चयन गर्ने तयारी गरिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, १० : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा सभामुख र राजनीतिक दलबिच छलफल
प्रतिनिधिसभा पुनर्स्थापना गर्नेबारे सभामुखले आज दलहरूसँग छलफल गर्ने
सभामुख देवराज घिमिरे पनि पुगे ४ मन्त्रीको शपथ समारोहमा
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित
सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य- विधिको शासन र संविधानवाद बाहिर जान नहुने
पाँच दलका प्रमुख सचेतकसँग सभामुखको छलफल