राष्ट्रिय सहमितको सरकार बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : काँग्रेस प्रवक्ता महत

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, १३ : २६
राष्ट्रिय सहमितको सरकार बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : काँग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपतिरउपराष्ट्रपति र सभामुखरउपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिनुभएको बताएका छन ।

प्रवक्ता महतले समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरुको निर्वाचन पनि दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले नेपाली काँग्रेससँग नै प्रतिवद्धता गर्नुभएको बताए । उनले विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरु देखिएको भन्दै त्यस्तो हुन नदिन पनि आफ्नो पार्टीले राष्ट्रपतिसहितका राज्यका माथिल्लो संस्थाहरुको नेतृत्व चयन दलहरुबीचको सहमतिमा नै हुनुपर्ने प्रश्ताव अघि सार्नुपरेको स्पष्ट पारे। प्रवक्ता महतले सरकार बनाएजस्तो गरेर अल्पमत, बहुमतको आधारमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चयनको विषयलाई बनाउन नहुने पनि दोहोर्याए ।

उनले सभामुख, उपसभामुख पद र राष्ट्रपति, उपराष्ट्रपति पद महत्वपूर्ण संवैधानिक पद भएकाले पार्टीहरुले साझा दृष्टिकोण बनाउन जरुरी रहेको बताए । संवैधानिक पदहरु मन्त्री चयन गर्ने किसिमको नभएकाले प्रधानमन्त्रीले आफूले दिनभएको वचनवद्धता पूरा गर्नेमा आशावादी रहेको बताए । उनले संवैधानिक पदहरुमा रहने व्यक्तिले पार्टीगत रुपमा नभइ समग्र देशको नै प्रतनिधित्व गर्ने भएकाले सबै पार्टीहरुले सोचेर निर्णयमा पुग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस