१७ डिआइजी र २७ जना एसएसपीको सरुवा, को कहाँ?

सफल खबर संवाददाता

आइतबार, ०१ माघ २०७९, ०७ : ०२
१७ डिआइजी र २७ जना एसएसपीको सरुवा, को कहाँ?

काठमाडाैँ । नेपाल प्रहरीको जनपद प्रहरी समूहका प्रहरी नायव महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ।

यही पुस २९ गतेको गृहमन्त्रीस्तरीय निर्णयबाट १७ डिआइजी र २७ जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्राप्त जानकारीअनुसार नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ पठाइएको छ। उनकाे स्थान प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा कणाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट पोषराज पोखरेललाई ल्याइएको छ।

विशेष ब्यूरो नक्सालमा रहनुभएका अशोक सिंहलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा गरिएको छ। यस्तै प्रहरी प्रधान कार्यालयमा रहेका वसन्तबहादुर कुँवरलाई मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर पठाइएको छ।

प्रहरी प्रधान कार्यालयमा रहेका दीपक थापालाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पठाइएको छ भने उनको स्थानमा बागमती प्रदेश प्रहरी कार्यालयबाट किरण बज्राचार्यलाई ल्याइएको छ। प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयबाट भीमप्रसाद ढकाललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट डिआइजी दुर्गा सिंहलाई प्रदेश समन्वय विभाग नक्सालमा ल्याइएकामा हाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा गरिएको छ।

एसएसपी सरुवा
शुक्रबार नै गृहमन्त्रीस्तरीय निर्णयअनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयबाट एसएसपी दानबहादुर कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ। परिसरका प्रमुख भरतबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा खटाइएको छ।

प्रहरी प्रधान कार्यालमा रहेका डा मनोजकुमार केसीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको छ। उक्त कार्यालयका प्रमुख जनक भट्टराईलाई भने प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ।

प्रहरी प्रधान कार्यालयबाट सुशीलसिंह राठौरलाई कर्णाली प्रदेश तालिम केन्द्रमा पठाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका लालमणि आचार्यलाई ल्याइएको छ।

प्रहरी प्रधान कार्यालयबाट जीवनकुमार श्रेष्ठलाई बबरमहलस्थित मानवबेचविखन अनुसन्धान ब्यूरोमा पठाइएको छ भने ब्यूरोका अनुरागकुमार द्विवेदीलाई अपराध अनुसन्धान निर्देशनालय नक्सालमा सरुवा गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस