कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि दोस्रोपटक आज भएको निर्वाचनमा पनि बहुमत जुट्न सकेको छैन । नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा कुनै पनि उम्मेदवारले बहुमत नपाएका हुन् ।
सत्तारुढ गठबन्धनमै रहेको उन्मुक्ति पार्टीले आज मत विभाजनमा सहभागिता जनाएन । सरकार गठनका बेला भने नेकपा एमाले नेतृत्वको गठबन्धनलाई नै समर्थन गरेको उन्मुक्ति पार्टीले सभामुख निर्वाचनमा भने मत हालेन । ऊ तटस्त बसिदिँदा सत्तारुढ गठबन्धनले पनि सभामुखमा बहुमत जुटाउन सकेन भने प्रतिपक्षी कांग्रेसले पनि जुटाउन सकेन ।
आजको निर्वाचनमा दुवै उम्मेदवारले बराबर मत प्राप्त गरेका छन् । कांग्रेस सांसद मानबहादुर रावलले सत्तारुढ गठबन्धनका तर्फबाट उठेका माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर भण्डारीको पक्षमा २२ मत र विपक्षमा रहेका कांग्रेस उम्मेदवार मानबहादुर रावलले पनि २२ मत नै पाए । सभामुख चयनका लागि २७ मतको आवश्यकता पर्दछ ।
५३ सदस्य रहेको प्रदेशसभामा आजको मत विभाजनमा ४४ जना सदस्य मात्र सहभागी भए । ५३ सदस्य रहेको प्रदेशसभामा आजको मत विभाजनमा ४४ जना सदस्य मात्र सहभागी भए । ७ जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नभएको भन्दै मत विभाजनका क्रममा तटस्थ बसेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० पुस २०७९, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
उत्तराखण्डका तीन विभागीयमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा