काठमाडौं । कर्णाली प्रदेशको सभामुख पदका लागि शनिबार उम्मेदवारी दर्ता हुने भएको छ । प्रदेश सभाको सभामुख पदका लागि शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
शनिबार अपराह्न ५ः१५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ भने ५ः३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको छ ।साथै आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय तोकिएको छ भने १०ः३० बजे अन्तिम नामावली प्रकाशन र ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।
सत्तारुढ गठबन्धनको भागबन्डामा सभामुख भाग परेको नेकपा ९एमाले० ले उम्मेदवारको टुङ्गो लगाएको छैन । कांग्रेसबाट खड्ग पोखरेललाई उठाउने तयारी भइरहेको एक नेताले जानकारी दिए ।
कर्णाली प्रदेश सभामा कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक र एक स्वतन्त्र गरी ४० प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० पुस २०७९, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह