थपिए ४ जना कोरोना संक्रमित

सफल खबर संवाददाता

विहीबार, २८ पुस २०७९, १५ : ४०
थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको नमूना परीक्षण गरिएको थियो ।

६८३ जनाको पीसीआर र १३४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।बिहीबार २ जना संक्रमणमुक्त भएका छन् भने देशभर २३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस