ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे छ। दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।
ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चाैलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीकाे लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएकाे र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।
एनआरएनए चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानाे कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।
नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की
एनआरएनएद्वारा ७५ लाख ४४ हजार लागतमा काठमाडौं ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण
संकटको सारथि बन्दै श्रेष्ठ नेतृत्वको एनआरएनए
सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?