बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । एमाले माओवादी गठबन्धनको तर्फबाट गिरीले ५८ जना सांसदको समर्थनसहित बुधबार प्रदेश प्रमुख अमिक शेरचनसँग दाबी पेस गरेका थिए ।
गिरीले बहुमत देखाएपछि प्रदेश प्रमुख शेरचनले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका गिरी यसअघि पूर्वउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका थिए। नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह-इन्चार्ज रहेका गिरी मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति, जसपा, लोसपा‚ जनमत पार्टी र तीन स्वतन्त्रसांसदले समर्थन गरेका छन् ।
८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमाले नेतृत्वको सत्ता समीकरणमा स्वतन्त्र २ सांसदसमेतको संख्या जोड्दा गिरीलाई समर्थन गर्ने सांसदको संख्या ५८ पुगेको छ । यो दुई तिहाई नजिकको बहुमत हो ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपा र जसपाका४/४, जसपा, जनमत र लोसपाका ३/३ सदस्य छन् ।त्यस्तै नेकपा एकीकृत समा
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ पुस २०७९, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश : २६ निर्वाचन क्षेत्रमध्ये १३ मा मतगणना जारी
यस्ता छन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका दुई निर्णय
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
लुम्बिनी प्रदेशमा झण्डै १३ हजार छाडा चौपाया : सर्वेक्षण
लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ