प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा काँग्रेस महामन्त्रीद्वयले जनाए असहमति

सफल खबर संवाददाता

मंगलबार, २६ पुस २०७९, १५ : ५८
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा काँग्रेस महामन्त्रीद्वयले जनाए असहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका चार जना नेताले असहमति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असहमति दर्ज गरेका हुन् ।

महामन्त्रीकका साथै नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले असहमति राखेका छन् । केन्द्रीय कार्यसम्पादन समितिका सदस्य बलबाहादुर केसीले चार जनाले असहमति दर्ज गरेको रातोपाटीलाई बताए । उनले भने, ‘कार्यसम्पादन समितिमा हाम्रो एजेण्डा दर्ज गर्‍यौँ ।

विश्वासको मत दिने कुरामा हाम्रो असहमति रह्यो ।’ आफूहरुले व्यक्तिगत रुपमा असहमति राखेको केसीको भनाइ छ । उनले भने, ‘हामीले आआफ्नो भाषामा आआफ्नो तरिकाले असहमति राख्यौँ।’  गगन, विश्वप्रकाश र केसी सांसद समेत छन् ।

प्रतिक्रिया दिनुहोस