एजेन्सी । पछिल्लो समय चीनको तेस्रो ठूलो जनसंख्या भएको हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । प्रान्तका ९० प्रतिशतभन्दा बढी जनसंख्या कोभिडबाट संक्रमित भएका स्वास्थ्य अधिकारीले बताएका छन् ।
९९ दशमलब ४ मिलियन जनसंख्या भएको उक्त प्रान्तका ८८ दशमलब ५ मिलियन मानिस संक्रमित भएका प्रान्तीय अधिकारी कान क्वाचेङले एक पत्रकार सम्मेलनमा जानकारी दिए । तर, कोभिड संक्रमण कहिले फैलिएको थियो भन्ने बारेमा उनले केही बताएनन् । तर सरकारले तीन साताअघि कोभिडसम्बन्धी सम्पूर्ण प्रतिबन्ध हटाएकोले संक्रमणका घटनामा पनि त्यस यता वृद्धि भएको अनुमान गरिएको छ ।
प्रान्तका ज्वरो क्लिनिकहरुमा उपचार गर्न जाने विरामीको चाप १९ डिसेम्बरमा उच्च रहेको पनि ती अधिकारीले बताए । ‘त्यसपछि संक्रमण निरन्तर गिरावटमा आएको छ ।’
ज्नवरी ८ सम्म चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २७२ पुगेको छ, जुन संक्रमणबाट मृत्यु हुने दर सबैभन्दा न्युन दर हो । चीनले सार्वजनिक गरेको तथ्यांकप्रति डब्लूएचओ र अन्य देशहरुले शंका व्यक्त गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ पुस २०७९, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
चीनमा भारी वर्षासँगै आँधीबेहरी आउने अनुमान, मौसम विज्ञान केन्द्रले भन्यो– सावधानी अपनाउनू
देव गुरुङको नेतृत्वमा माओवादीको टोली चीन भ्रमणमा
चीनले श्रीलङ्कालाई दिने सहयोग जारी राख्ने
सीमा क्षेत्रमा तनाब कम गर्न भारत-चीन सहमत