एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । 'दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन्, घाइतेहरूलाई अस्पताल पठाइएको छ’, सरकारी सञ्चार माध्यम सीसीटीभीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
ठूलो सडक ट्राफिक दुर्घटना बिहान १ बजे नान्चाङ काउन्टीमा भएको थियो । दुर्घटनाको कारणको गहिरो अनुसन्धान भइरहेको जनाइएको छ ।
दुर्घटनाको करिब एक घण्टा पछि, नानचाङ काउन्टी ट्राफिक प्रहरीले यस क्षेत्रमा 'कुहिरो मौसम' अनुभव गरिरहेको भन्दै चालकहरूलाई ट्राभल सुझाव जारी ग-यो । ‘ड्राइभिङ भिजिबिलिटी कम छ । यसले सजिलै ट्राफिक दुर्घटना निम्त्याउन सक्छ’ सुझावमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २४ पुस २०७९, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल