काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएको छ । गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरु समेटिएको देखिएको सो पार्टीले जनाएको छ ।
पार्टीका मूलभुत सिद्दान्तहरुको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यस्तै नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिएको उनको भनाइ छ । यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको उनको भनाइ छ ।
पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने पार्टीको असहमति रहेको जसपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै