काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सकारात्मक भएको छ । गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरु समेटिएको देखिएको सो पार्टीले जनाएको छ ।
पार्टीका मूलभुत सिद्दान्तहरुको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । यस्तै नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिएको उनको भनाइ छ । यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको उनको भनाइ छ ।
पुस २७ गतेलाई पृथ्वी जयन्तीका रुपमा सार्वजनिक विदा दिने विषयलाई मस्यौदामा समेट्ने कुरासँग भने पार्टीको असहमति रहेको जसपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ पुस २०७९, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा