सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २२ पुस २०७९, १६ : ५७
सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु

सप्तरी  । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी ४ मुसहरी टोलका देवु सदा रहेका छन् ।

बिहीबार राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष  मुनिलाल मुखियाले जानकारी दिए ।

खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन  छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस