एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनले सेनालाई दुई दिनका लागि युद्धविराम पालन गर्न निर्देशन दिएका छन् । अर्थोडक्स क्रिसमसको बिदाको अवसरमा युद्धविरामको घोषणा गरिएको हो ।
रुस सरकारका अनुसार, युद्धविराम स्थानीय समयअनुसार शुक्रवार मध्याह्नदेखि शनिवार मध्यरातसम्म लागू हुनेछ । ‘युद्धग्रस्त क्षेत्रमा धेरै नागरिकले अर्थोडक्स धर्म पालन गर्ने हुनाले हामी युक्रेनी पक्षलाई युद्धविराम गर्न अनि नागरिकलाई क्रिसमसको पूर्वसन्ध्या तथा दिनमा पर्व मनाउने अवसर दिन आह्वान गर्छौं,’ रुस सरकारले बयान जारी गरेर जनायो ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसको युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै यो युद्धभूमिमा रुसलाई बलियो बनाउने बहाना मात्र भएको बताए । उनले रुसी जनतालाई सरकार फाल्नका लागि संघर्ष गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ पुस २०७९, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
५ देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र