एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनले सेनालाई दुई दिनका लागि युद्धविराम पालन गर्न निर्देशन दिएका छन् । अर्थोडक्स क्रिसमसको बिदाको अवसरमा युद्धविरामको घोषणा गरिएको हो ।
रुस सरकारका अनुसार, युद्धविराम स्थानीय समयअनुसार शुक्रवार मध्याह्नदेखि शनिवार मध्यरातसम्म लागू हुनेछ । ‘युद्धग्रस्त क्षेत्रमा धेरै नागरिकले अर्थोडक्स धर्म पालन गर्ने हुनाले हामी युक्रेनी पक्षलाई युद्धविराम गर्न अनि नागरिकलाई क्रिसमसको पूर्वसन्ध्या तथा दिनमा पर्व मनाउने अवसर दिन आह्वान गर्छौं,’ रुस सरकारले बयान जारी गरेर जनायो ।
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसको युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै यो युद्धभूमिमा रुसलाई बलियो बनाउने बहाना मात्र भएको बताए । उनले रुसी जनतालाई सरकार फाल्नका लागि संघर्ष गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २२ पुस २०७९, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
‘चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न’: राष्ट्रपति
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक