लुम्बिनीले फेरि हरायो काठमाडौंलाई

सफल खबर संवाददाता

बुधबार, २० पुस २०७९, १३ : ००
लुम्बिनीले फेरि हरायो काठमाडौंलाई

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई फेरि हराएको छ । बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो । यही संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले हराएको थियो ।

बुधबारको १७ ओभरमा छोट्याईएको थियो । जितको लागि १८४ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं नाइट्स १५.४ ओभरमा अलआउट भएर ८१ रन मात्र बनायो ।काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ तथा किशोर महतो, विपुल शर्मा र हरमीत सिंहले एक/एक विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो ।

लुम्बिनीका लागि हरमित सिंहले ७०, लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले अविजित १६ तथा कुशल भुर्तेलले १५ रन बनाए ।काठमाडौंका लागि अभिनास बोहोराले ३, बसिर अहमदले २ तथा अनिल खरेलले एक विकेट लिए ।

लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस जितसँगै लुम्बिनीले शीर्ष २ मा रहँदै क्यालिफायर्समा प्रवेश गरेको छ । काठमाडौंको ८ खेलमा समान ४ जित र ४ हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस