धनगढी । सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रसले निर्वाचन गर्ने भएको छ । १९ मध्ये सातजना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको हाे ।
कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का शिवराज भट्ट र मानबहादुर रावले दाबी गरेका छन् ।
निर्वाचनका लागि नेपाली कांग्रेस प्रदेश समितिले पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । कांग्रेस प्रदेश समितिका उप-सभापति लोकराज अवस्थीको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा कांग्रेस प्रदेश सदस्यहरू सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन् ।
सुदूरपश्चिम प्रदेश सभामा १९ सदस्यसहित कांग्रेस सबैभन्दा ठुलो दल हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने बाँकी पाँच दलले भने सहमतिका आधारमा संसदीय दलको नेता छनौट गरि सकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
उत्तराखण्डका तीन विभागीयमन्त्रीसँग सुदूरपश्चिमका मुख्यमन्त्रीको भेटवार्ता
सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन