जनकपुरधाम । तराई मधेशमा अत्यधिक चिसो बढेपछि स्थानीय सरकारले धमाधम विद्यालयहरुमा बिदा दिन थालेको छ ।
धनुषामा जनकपुरधाम उपमहानगरपालिकाले तीन दिन र सबैला नगरपालिकाले पाँच उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीन दिन जाडो बिदा दिने निर्णय गरेको हो ।
उपमहानगरका शिक्षा युवा तथा खेलकुद शाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् । तीन दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ तीन गतेसम्मको जाडो बिदाबाट कट्टा गर्ने व्यवस्था मिलाएको उनले बताए ।
यस्तै सबैला नगरपालिकाले आजदेखि पुस २३ गतेसम्मको लागि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरेको हो । सबैला नगरप्रमुख कारीराम यादवले एक सूचना जारी गर्दै सोमबार बसेको नगर कार्यपालिकाको बैठकले जाडो बिदा कट्टा हुने गरी पाँच दिनको लागि विद्यालयहरुमा बिदा दिएको जानकारी गराएका छन् ।
अत्यधिक चिसो बढ्दा बालबालिकालाई विद्यालय आउन जान तथा पठनपाठनमा असहज भइरहको भन्दै पालिकाहरु धमाधम बिदा दिन थालेको हो । तराई मधेशमा केही दिन यता चिसो बढ्दा जनजीवन कष्टकर बनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द
चन्दा सङ्कलनबाट विद्यालयलाई बस हस्तान्तरण
नेपालमा कति छन् विद्यालय ?
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
संस्थागत विद्यालय समेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह