काठमाडौं । मिटरब्याजबाट पीडितहरूको समस्या समाधान गर्न गठित कार्यदलले मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको छ ।
सहसचिव डा. भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका उपसचिव श्रीकृष्ण पौडेल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता श्यामप्रसाद दाहाल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा र सिआइवीका प्रहरी नायब उपरीक्षक रोशन खड्का सदस्य थिए।
प्रतिवेदनमा यसअघि २७ भदौ २०७९ मा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास, २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदूर संंघर्ष समितिसँग भएको सहमतिमा उल्लेखित विषय कार्यान्वयनका लागि आवश्यक कानुन संशोधन, नयाँ कानुन निर्माण तथा कार्यविधिगत् सुधारको आवश्यकता औँल्याइएको छ । सरकारले देशभरका मिटरब्याजबाट पीडितहरूलाई सबै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आह्वान गरेको थियो । जसअनुसार १८ सय भन्दा बढी उजुरी परेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ पुस २०७९, १८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
यो चुनावले मानवता, मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ: गृहमन्त्री अर्याल
गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री