अमेरिकी टिम बीवाईएससी आहा रारा गोल्डकपको सेमिफाइनलमा

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १६ : ३२
अमेरिकी टिम बीवाईएससी आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । अमेरिकी टिम भुटनिज युथ स्पोट्र्स क्लब बीवार्ईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरामा भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै भुटानी शरणार्थीहरुको क्लबले प्रतियोगितामा अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

६ पटकको आहा रारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले १–० ले पराजित गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।

बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए ।

दोस्रो हाफमा केहीसुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस