चर्च ब्वाइजको अपराजित यात्रा, मछिन्द्र ३–१ ले पराजित

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, १८ : ४६
चर्च ब्वाइजको अपराजित यात्रा, मछिन्द्र ३–१ ले पराजित

पोखरा । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अपराजित यात्रा कायम राखेको हो । 

पहिलो हाफ २–० को अग्रता लिएको चर्च ब्याइजले दोश्रो हाफमा पुनः १ गोल थप्यो । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले दोश्रो हाफमा १ गोल मात्रै फर्काउन सक्यो । 

२३ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा आशिषले नै दोश्रो गोल गरे । चर्चले ६७ औं मिनेटमा तेश्रो गोल ग¥यो । आशिषको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे । 

मछिन्द्रले ८९ औं मिनेटमा सान्त्वना गोल फर्काएको हो । मछिन्द्रका लागि सौरव सुब्बाले गोल गरे । खेलमा धेरै अवसर पाएपनि मछिन्द्र गोल गर्नबाट चुक्यो । 

प्रतिक्रिया दिनुहोस