प्रधानमन्त्री दाहाललाई श्रीलंकाका राष्ट्रपतिको बधाई

सफल खबर संवाददाता

शुक्रबार, १५ पुस २०७९, २० : ५४
प्रधानमन्त्री दाहाललाई श्रीलंकाका राष्ट्रपतिको बधाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार उनलाई राष्ट्रपति विक्रमासिंघेले शुक्रबार टेलिफोन मार्फत् बधाई दिएका हुन् ।

फोन वार्ताको क्रममा दुई नेताहरूबीच नेपाल र श्रीलंकाको मित्रतापूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा पनि कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाललाई यसअघि भारत र चीनका प्रधानमन्त्रीले बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस