मापसे गरेर टाटासुमो चलाएको आरोपमा एक चालक पक्राउ

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, ०७ : ४०
मापसे गरेर टाटासुमो चलाएको आरोपमा एक चालक पक्राउ

काठमाडौं । मादक पदार्थ सेवन गरेर यात्रुबाहक सवारी चलाएको आरोपमा ट्राफिक प्रहरीले चालकलाई पक्राउ गरेको छ ।

मकवानपुर घर भएका टाटा सुमो चालक ४८ वर्षीय वीरेन्द्र कुमार लामालाई पक्राउ गरेर मुद्दा चलाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ना।१ ज ४४६५ नम्बरको भाडाको सुमो चालक लामाले मदिरा सेवन गरेर सवारी चलाएको आरोप छ ।

उनीबिरुद्ध सार्वजनिक हित बिरुद्धको कसुरमा प्रहरी वृत्त कीर्तिपुरले मुद्दा चलाएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए । 

लामालाई ४ दिन हिरातसमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस