प्रधानमन्त्री दाहाल भाेली सरकारी निवास बालुवाटार सर्ने

सफल खबर संवाददाता

बुधबार, १३ पुस २०७९, १४ : २५
प्रधानमन्त्री दाहाल भाेली सरकारी निवास बालुवाटार सर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिबार सरकारी निवास बालुवाटारमा सर्ने भएका छन।

बालुवाटारमा आज बुधबार सरसफाई गर्ने र बिहिबार मात्रै सर्ने तय भएको उनको सचिवालयले जनाएको हो ।निवर्तनमान प्रधनमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटार बुधबार बिहान नै खाली गराएका छन ।

देउवाको बूढानीलकण्ठस्थित निवास मर्मतको कार्य चलिरहेकाले उनी भाडाको घरमा बालुवाटारबाट सरेका हुन ।

प्रतिक्रिया दिनुहोस