एजेन्सी । इरानमा १९७९ इस्लामिक क्रान्तिपछिको सबैभन्दा लामो सरकार विरोधी प्रदर्शनले शासनलाई हल्लाएको छ तर जनताले भने ठूलो मूल्य चुकाउनु परेको छ । सरकार विरोधी प्रदर्शन १०० दिन पुगेको छ । प्रदर्शनका क्रममा ठूलो मानवीय क्षति भएको छ ।
प्रदर्शनका क्रममा ६९ बालबालिकासहित ५०० जनको मृत्यु भएको मानवअधिकार अभियन्ताको समाचार एजेन्सी (एचआरएएनए) ले जनाएको छ । दुई प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ र कम्तिमा २६ अन्यले उस्तै नियतिको सामना गरिरहेका छन्, जसलाई एम्नेस्टी इन्टरनेसनलले ‘लज्जस्पद मुद्दा’ भनेको छ ।
यद्यपि, यसअघि सन् २०१७ र सन् २०१९ मा भएका राष्ट्रव्यापी प्रदर्शनहरूले इरानमा यसअघि पनि प्रभाव पारेको तर जारी प्रदर्शन अद्वितीय भएको बताइन्छ किनभने प्रदर्शनमा समाजका विभिन्न वर्ग र समुदायका मानिसहरू समावेश छन् । महिलाहरू ‘महिला, जीवन, र स्वतन्त्रता’ नाराअन्तर्गत प्रदर्शनमा देखिएका छन् । केही इरानी सेलिब्रेटीहरूले विरोध प्रदर्शनलाई समर्थन गर्न अपरिवर्तनीय कदमहरू चालेका छन्, जसले उनीहरूलाई गिरफ्तार वा निर्वासनमा पु-याएको छ ।
प्रख्यात इरानी अभिनेत्री तरानेह अलिदुस्तीले एक युवा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएकोमा निन्दा गरेपछि उनलाई कुख्यात इभिन जेलमा राखिएको छ । यसअघि, उनले अनिवार्य बुर्का बिनाको आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १२ पुस २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरान
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी
इरानको ड्रोन आक्रमणबाट युएईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि बोल्यो चीन, संयुक्त राष्ट्रसंघमा आपत्ति