फेरि बढ्यो कोरोनाको जोखिम

पत्रपत्रिकाबाट

सोमबार, ११ पुस २०७९, ०८ : ३०
फेरि बढ्यो कोरोनाको जोखिम

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्भावित जोखिमलाई दृष्टिगत गर्दै आम नागरिकलाई सर्तक हुन र कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन बाँकी रहेका नागरिकलाई खोप लगाउन सरकारले सर्वसाधारणलाई अपिल गरेको छ ।

बुस्टर डोज लिएकाहरू मात्र भाइरसबाट सुरक्षित रहन सक्ने भएकाले बाँकी सवैलाई छिटो खोप दिने तयारी भइरहेको मन्त्रालयका सह(प्रवक्ता समीर कुमार अधिकारीले बताए । भारतमा संक्रमण फैलिएपछि नेपालमा छिटो संक्रमण फैलिन सक्ने भएकाले सबैले समयमै खोप लिएर सुरक्षित हुनुपर्ने अहिलेको उपाय भएको डा। अधिकारीले बताए ।

कोभिड १९ बिरुद्धको खोप एक व्यक्तिमा तीन मात्रा लिएपछि सुरक्षित रहन सकिने भए पनि कुनै खोप लिएको ६ महिनापछि खोपको एन्टिबडी घट्दै जाने भएकाले विज्ञहरूले थप अतिरिक्त मात्रा बुस्टर डोज दिनुपर्ने सुझाव दिएका छन् ।

केही महिनाअघि नेपाल सरकारले पनि आवश्यक जनसंख्यालाई चौथो डोजको खोप दिने निर्णय गरिसकेको थियो। पछिल्लो ६ महिनादेखि विश्वभरि कोभिड संक्रमण घट्दै गएपछि नेपालले खोप अभियान सुस्ताएको परिवार कल्याण महाशाखा खोप शाखाका पूर्वप्रमुख डा. झलक गौतमले बताए । ‘बीचमा खोप अभियान सुस्ताएकाले लक्षितको कम जनसंख्याले मात्र बुस्टर डोज खोप लिएको अवस्था छ,’ उनले भने ।नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस