एजेन्सी । चीनबाट फर्किएका भारतको उत्तर प्रदेशका एक ४० वर्षीय पुरुषमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई आफ्नै घरमा आइसोलेसनमा राखिएको जनाइएको छ ।
उनको जीनोम सिक्वेन्सिङका लागि नमूना लखनउ पठाइने प्रमुख मेडिकल अधिकृत अरुण श्रीवास्तवले जानकारी दिएका छन् । व्यक्तिलाई उनको घरमा अलग्गै राखिएको छ र स्वास्थ्य विभागको टोलीलाई उनको परिवारका सदस्यहरू र उनीसँग सम्पर्कमा आएकाहरूको परीक्षण गर्न भनिएको जनाइएको छ । २३ डिसेम्बरमा चीनबाट दिल्ली हुँदै आग्रा आएका उनको परीक्षणमा कोभिड पोजेटिभ देखिएको थियो ।
चीनमा अहिले फेरि कोभिड महामारी फैलिएको छ । व्यापक विरोधपछि सरकारले यसै महिनाको सुरुमा कोभिडसम्बन्धी नियम हटाएको थियो । त्यसपछि दैनिक लाखौँमा संक्रमण फैलिएको अनुमान गरिएको छ । छिमकी चीनमा कोभिड फैलिएपछि भारतमा सार्वजनिक स्थानमा मास्क लगाउन भनिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोभिड विश्वव्यापी स्वास्थ्य आपत्काल समाप्त भएको डब्लूएचओको घोषणा
२४ जनामा कोरोना सङ्क्रमण पुष्टि
कोभिडबाट ८० लाखभन्दा बढी बालबालिका अनाथ
चीनमा एक सातामा १३ हजार जनाको मृत्यु
‘चीनमा कोभिडबाट दैनिक ९ हजारको मृत्यु’
कोभिड रोकथामका लागि वीरगञ्ज नाकामा उच्च सतर्कता