धरान । सुनसरीको बराहक्षेत्र २ स्थित कौशिका सामुदायिक वन क्षेत्रभित्र एक हात्ती मृत अवस्थामा फेला परेको छ ।
अन्दाजी ३०–४० वर्षको देखिने मत्ता हात्ती आज बिहान ६ बजे मृत अवस्थामा फेला परेको भनेर स्थानीयले जानकारी दिएको सवडिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिए ।
रेन्जर भण्डारीका अनुसार दुर्गन्धित अवस्थामा फेला परेको हात्ती तीन दिन अघि मरेको हुन सक्ने अनुमान गरिएको छ । हात्तीका दुईवटा दाह्रा छन् । हात्तीका कानमा तीनवटा प्वाल र ट्याग पनि देखिन्छ ।
हात्ती भारतबाट आएको हो वा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हो भनेर एकीन गर्न बाँकी रहेको रेन्जर भण्डारी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
वृद्धको हात्तीको आक्रमणबाट मृत्यु
हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
झापा र मोरङमा मानव–हात्ती द्वन्द्वको जोखिम बढ्यो
झापा आउँदै गरेका १५ वटा हात्तीको बथान मोरङतिरै फर्किए
हात्ती धपाउन झापामा विशेष गस्ती