नेपालले सिंगापुरलाई दियो १८४ रनको लक्ष्य

आइतबार, ०२ पुस २०७४, १२ : ००
नेपालले सिंगापुरलाई दियो १८४ रनको लक्ष्य

चितवन ।  एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले सिंगापुरलाई १८४ रनको लक्ष्य दिएको छ । निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १८३ रन बनाएसँगै सिंगापुरले लक्ष्य पाएको हो ।
बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो हुन सकेन । नेपालको ३ रन हुँदा कुशल मल्ल शून्य रनमा आउट भएका थिए । त्यस्तै, २१ रन हुँदा नेपालको दुई विकेट झरेको थियो ।
४० रन हुँदा तेस्रो विकेट गुमाएको नेपालका लागि विशाल विक्रम केसी र नारायण जोशीले राम्रो प्रदर्शन गर्दै उकासेका थिए । विशालले ६३ रनको योगदान दिए । उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, नारायणले नटआउट ४६ रन बनाए । उनले ५ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि प्रतिश जिसीले नटआउट १० रन बनाए ।
 

प्रतिक्रिया दिनुहोस