एजेन्सी । जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ। यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन्। स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार आठौँ लहरमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएका हुन्।
गत अगस्ट २५ यता पहिलोपटक देशमा सङ्क्रमितको सङ्ख्या दुई लाख पुगेको छ। राजधानी टोकियोमा २१ हजार एक सय ८६ नयाँ बिरामी थपिएका छन्। गत साताको तुलनामा बुधबार राजधानीमा दुई हजार तीन सय ७४ जना सङ्क्रमित फेला परेका हुन्।
टोकियोमा लगातार बिरामी बढेका छन्। ओसाका, कावानागा, साइता, होन्सुलगायत प्रमुख शहरमा पनि कोभिड(१९ का सङ्क्रमित बढेका छन्। पछिल्लो महामारीका कारण हिजो दुई सय ९६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०७ पुस २०७९, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन