काठमाडौं । मधेस प्रदेशसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य शारदाशङ्करप्रसाद कलवारले शपथ गराउने भएका छन् ।
संसद् सचिवालयका सचिव रञ्जित यादवले ऐन, कानुन र संवैधानिक व्यवस्थाअनुसार कलवारले प्रदेशसभाको ज्येष्ठ सदस्यको हैसियतले नवनिर्वाचित सांसदलाई शपथ गराउने कार्यक्रम तय गरिएको बताए । सचिव यादवका अनुसार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले ज्येष्ठ सदस्य कलवारलाई पहिले शपथ गराउने र कलवारले अन्य प्रदेशसभा सदस्यलाई शपथ गरानेछन् ।
यद्यपि अहिलेसम्म प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउनेबारे समय निश्चित भइनसकेको बताए । सचिवालयले आगामी आइतबार सर्वदलीय बैठक बोलाएको छ । सो बैठकबाट शपथ ग्रहणको मिति तय हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशमा सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु
मधेस प्रदेश प्रमुखसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमन: दुई जना पक्राउ
मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित
मधेस प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
मधेस प्रदेश सभाको चौथो अधिवेशन सुरु