जुम्ला । जुम्लामा पछिल्लाे समय मानव अधिकार उल्लंघनका घटना बढ्न थालेका छन् । मानव अधिकारसम्बन्धी काम गरिररहेकाे गैरसरकारी संस्था इन्सेकले संकलन गरेको तथ्यांकअनुसार जुम्लामा एक वर्षमा १२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् ।
संकलित घटनाहरूको थप विवरण पुष्टि गर्ने र छुटेका घटना थप गर्ने उद्देश्यले मंगलबार सदरमुकाममा आयाेजित समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले १७ पुस ०७८ देखि ४ पुस ०७९ सम्म संकलन गरिएका २१ वटा घटना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सम्मानित रुपले बाँच्न पाउने अधिकार, हत्या कुटपिट चार वटा, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार आठ वटा, स्थानीय तहको निर्वाचनमा झडप ती वटा, घरेलु हिंसा पाँच वटा, आवासको अधिकार एक वटा र एक वटा विपद्काे घटनाबाट अधिकार हन्न भएकाे बताइएकाे थियाे ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विपद्ले ३५ करोड बराबरको क्षति भएको बताइन् । उनले जिल्लाभर ३० करोड बराबर ६०५ ओटा घर पूर्ण रुपमा क्षति भएका छन् । पाँच करोड बराबर १९ सय घर आंशिक रुपमा क्षति भएका छन् ।
यस्तै, १० जना मानवीय क्षति र पशुपंक्षी, कृषियोग्य जमीनमा पनि क्षति भएको उनले बताए । विपद्बाट भएका सबै क्षति बारे गृह मन्त्रालयमा प्रतिवेदन पठाएकाे उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्र शाह जुम्लामा
जुम्लाको गुठीचौर गाउँपालिकाले पारित गर्यो नक्सा पासलगायतका ५ विधेयक
जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती
जुम्लाको स्याउ झापामा बिक्री
मार्सी धानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण
जुम्लाका किसान स्याउ टिप्न व्यस्त