कैलाली । कैलालीको पूर्व पश्चिम राजमार्गमा टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा एक बच्चाको मृत्यु भएको छ । भने आमा घाइते भएका छिन् ।
जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरमा बुधबार बिहान सुपप्र ०१००१ क २०२० नम्बरको टिप्परले सुपप्र ०१००१ ह ४९१८ को अटोलाई ठक्कर दिँदा अटोमा सवार एक जना बच्चाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका–७ का ४ वर्षीय बालक भरत ठकुल्ला रहेका छन् । ठकुल्लाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनकी २९ वर्षीय आमा पेन्टि ठकुल्ला घाइते छन् । उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटो चालक २८ वर्षीय मोहन बोहरा समान्य घाइते छन् । टिप्पर र चालक धनगढी उपमहानगरपालिका–७ बस्ने ४२ वर्षीय प्रदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु