काठमाडौं । कांग्रेस संसदीय दलको चुनावमा केही सांसदहरुले भोट हालेपछि मतपत्रको फोटो खिचेका छन् । बुधबार सिंहदरवार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको मतदानमा सिनियर नेताकै निर्देशनमा केही सांसदहरुले आफूले हालेको मतको तस्विर खिचेका हुन् ।
संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले भन्दाभन्दै पनि केही सांसदले फोटो खिचेको बताए । उनले ठुला नेताको निर्देशनमा सांसदहरुले फोटो खिचेको आफूले पाएको थापाको भनाइ छ । ‘देख्दादेख्दै, भन्दाभन्दै र हेर्दा हेर्दै पार्टीका केही सिनियर नेताहरु छेउमा आएर कुरेको भन्दै बसिराख्नुभयो । मेरै आँखा अगाडि भन्दाभन्दै पनि १०,११ जनाले मोवाइल निकालेर मतपत्रको तस्विर खिच्नुभयो’, थापाले संचारकर्मीसँग भने,‘पार्टीभित्र लोकतन्त्रका लागि यत्रो अभ्यास भइरहेको बेलामा सांसद आफैले पनि बुझ्ने कुरा हो । किन खिच्नुभएको हो रु कि खिचेपछि सार्वजनिक गरिदिनुस् ।’
उनले जित हार आफ्नो ठाउँमा भएपनि दलको निर्वाचनमा कांग्रेसले अपनाएको प्रक्रिया लोकताीन्त्रक भएको बताए । ‘यसले आन्तरिक लोकतन्त्रको सुन्दरपक्ष उजागर भएको छ’, थापाले भने, ‘सांसदहरुले जनतासमक्ष गरेको प्रतिबद्धता यहाँ पुरा गर्नुभएको छ भन्ने लागेको छ ।’
उनले यसअघिको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवा र प्रकाशमान सिंहवीच प्रतिस्पर्धा हुँदा आफुले प्रकाशमान सिंहको पक्षमा मतदान गरेको भन्दै आफुलाई त्यसवेला निर्वाचित गर्ने मतदाताको चाहाना कांग्रेसको नेतृत्व बदलियोस् रहेको बताए ।
‘त्यसकारण त्यो मेरो धर्म थियो र प्रकाशमान सिंहको पक्षमा उभिएर धर्म निर्वाह गरेँ’, उनले अहिले पनि कांग्रेसको नेतृत्व र शैली बदललिनुपर्छ भन्ने अपेक्षा अनुसार नै सांसदहरुले निर्णय लिनुभयो होला भन्ने लागेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ पुस २०७९, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी